
News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग जोडिएको छ।
- अबदेखि तालिममा फिंगरप्रिन्ट र आइरिस डाटामार्फत अनिवार्य प्रमाणीकरण हुने व्यवस्था गरिएको छ।
- विभागले २०८१ असोज ११ गते अभिमुखीकरण तालिम दिने संस्थालाई फेस टाइम र आइरिस सिस्टम जडान गर्न निर्देशन दिएको थियो।
५ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ ।
आईरिस सिस्टम जडान गरेर तालिम प्रदान गर्दै आएका संस्थाहरूलाई एनआईडी प्रणालीमा जोडिएको हो ।
योसँगै अबदेखि तालिम नलिई वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम नदिई गएको खण्डमा तत्काल पत्ता लाग्ने विभागले जनाएको छ । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीसँग आईरिसको अभिलेख प्रणाली जोडिएको बताए ।
अबदेखि वैदेशिक रोजगारका तालिम, ओरिएन्टेसन र अभिलेखमा फिंगरप्रिन्ट र आइरिस डाटामार्फत अनिवार्य प्रमाणीकरण हुने व्यवस्था गरिएको छ । ‘अब आइरिस मात्र होइन, फिंगरप्रिन्ट मात्र होइन अब पुरै डाटा नै आउने भयो । बायोमेट्रिक नै आउने भयो । अब अर्को व्यक्ति गएर तालिम लिने नपाउने भयो । त्यस्तो पाइएको खण्डमा सिस्टमले देखाउछ,’ भट्टराईले भने ।
विभागले २०८१ असोज ११ गते नै सार्वजनकि सूचना जारी गर्दै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूलाई अनिवार्य रूपमा फेस टाइम एण्ड आईरिस रिकोग्नाइजेशन सिस्टम जडान गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार व्यवसायीहरूले आँखाको रेटिना पढ्ने आईसिस सिस्टम जडान गरेका थिए । व्यवसायीहरूले आईंरिस सिस्टम जडान गरेपछि विभागले एनआईडीसँग जोड्न सकेको थिएन । जसले गर्दा तालिम लिए वा नलिएको यकिन गर्न सकिने अवस्था थिएन ।
विभागले एनआईडीसँग जोडेसँगै तालिमका नाममा हुने ठगी नियन्त्रणमा आउने विश्वास लिएको छ ।
प्रतिक्रिया 4