
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित २४ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ।
- दीपक राईलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबाबाट पक्राउ गरेको हो।
- उनले जेनजी आन्दोलनको क्रममा उक्त प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप छ र अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
६ असोज, काठमाडौं । ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भएका २४ वर्षीय दीपक राई छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबबाट पक्राउ गरेको हो ।
जेनजी आन्दोलनको क्रममा उनले उक्त प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप छ ।
प्रहरीले उनको कोठाबाट २ थान पेस्तोल, २ थान म्याग्जिन र १३ राउण्ड गोली बरामद गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध हातहतियार ताथ खरखजनाको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4