+
+
Shares

सामाजिक सञ्जालमा ‘परराष्ट्रमन्त्री बनाउनुपर्छ’ भन्ने चर्चाबारे राजेश हमालले के भने ?

राजन घिमिरे राजन घिमिरे
२०८२ असोज ७ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमाल अस्ट्रेलियामा टिभी शो ‘यो नेपाली शीर उचाली’ दोस्रो सिजनको छायांकनमा व्यस्त छन्।
  • उनको नाम सामाजिक सञ्जालमा अन्तरिम सरकारको परराष्ट्रमन्त्रीको रुपमा अघि सारिएको छ।
  • हमालले मन्त्री बन्ने इच्छा नदेखाउँदै भने, ‘लामो यात्रा पार गर्नुछ, यो चुनावी सरकार हो ।’

सिड्नी । जेनजी आन्दोलनयता अभिनेता राजेश हमाल अहिले अस्ट्रेलिया भ्रमणमा ब्यस्त छन् । उनको भ्रमणको मुख्य उद्देश्य चाहिँ टिभी शो ‘यो नेपाली शीर उचाली’ कार्यक्रमको छायांकन गर्नु हो ।

उक्त शोको दोस्रो सिजन अहिले अस्ट्रेलियाका विभिन्न थलोमा छायांकन भैरहेको छ । यसबाहेक, उनी नेपाली समुदायले यहाँ आयोजना गरिरहेका कार्यक्रममा पनि सहभागी छन् ।

उनी विदेशमा व्यस्त हुँदा, यता स्वदेशमा भने उनको नामलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तरिम सरकारको परराष्ट्रमन्त्रीको रुपमा अघि सारेका छन् । ‘अबका परराष्ट्रमन्त्री राजेश हमाल’ भन्दै सोसल मिडियामा उनको नाम ब्यापक सेयर भैरहेको छ ।

हुन पनि उनी, पूर्वराजदूत चुडाबहादुर हमालका छोरा हुन् । उनका बुवाले जहाँ कूटनीतिज्ञ भएर सेवा गरे, त्यहाँ पुगेर उनले कामलाई नजिकबाट नियालेका छन् ।

समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा पनि उनको खास चासो छ । आफ्ना अन्तर्वार्तामा उनले यसबारे धारणा पनि राखेका छन् । यसबाहेक, राजनीतिमा आउने इच्छा धेरैपटक व्यक्त गरिसकेका छन् ।

यस्तोमा, आफ्नो नाम परराष्ट्रमन्त्रीको रुपमा अघि सारिएपछि सिड्नीमा रहेका हमाललाई अनलाइनखबरले जिज्ञासा राखेको थियो । त्यहाँ उनले घुमाउरो ढंगले मन्त्री बन्ने इच्छा देखाएनन् ।

उनले भने, ‘लामो यात्रा पार गर्नुछ, यो चुनावी सरकार हो । म मन्त्रीतिर बन्नेतिर लाग्दिन । अहिले काममै ब्यस्त छु ।’ उनले हाँस्दै यसको जवाफ दिएका छन् ।

हमाल १४ असोजमा नेपाल फर्किदैंछन् ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?