+
+
Shares

ढकालको प्रश्न- खरानी टकटक्याएर अघि बढ्छौं, तर विश्वंश नहुने ग्यारेन्टी के ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १४:२७

७ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा  ठूलो क्षति पुगेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन् ।

सार्वजनिक र निजी क्षेत्रको ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताउँदै उनले जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित बनाएको बताए ।

‘जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि संवाद गरेका छौं । सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ ? फेरि यस्तै विध्वंश भयो भने के गर्ने ?’

यसबारे सरकारसँग कुरा गरेको र सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरे । खरानी टकटक्याएर अगाडि बढे पनि फेरि यस्तै विध्वंश नहोला भन्न नसकिने उनले बताए ।

‘सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ । हामीले संस्थागत सामाजिक उत्तरदायित्व पनि खर्च गरेका हुन्छौं । हामीलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ,’ उनले भने, ‘हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ । अब फेरि उठ्नका लागि विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?