+
+
Shares

धितोपत्र बोर्डका कामकारबाही ठप्प, कर्मचारी युनियन आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डका दुवै कर्मचारी युनियनले सेवा सुविधा कटौतीको विरोधमा कामकारबाही ठप्प पारेका छन्।
  • मन्त्रीस्तरीय निर्णयले कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट पाउने सेवा सुविधा खारेज गर्न निर्देशन दिएको छ।
  • युनियनले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई निर्णय फिर्ता गर्न वा राजीनामा दिन दवाव दिएका छन्।

७ असोज, काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले खाइपाइ आएको सेवा सुविधा कटौती भएको विरोधमा कामकारबाही ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् ।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिई उनीहरुले सबै काम ठप्प पारेका हुन् ।  ‘खाइपाइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी यसअघि मन्त्रीस्तरीय जुन निर्णय भएको छ, त्यो तत्काल खारेज नगरेसम्म हाम्रो विरोध कायम रहन्छ’ युनियनका एक कर्मचारीले भने ।

आज दिउँसो केही बेर बोर्ड परिसरमा उनीहरूले सरकार र अध्यक्ष श्रेष्ठविरुद्ध नाराबाजी समेत गरे । हाल कार्यरत र पेन्सन पाकेका कर्मचारीले बोर्डको कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोषबाट छुट्टाछुट्टै सेवासुविधा पाउँदै आएका छन् ।

तर हालै मन्त्रीस्तरीय निर्णयबाट सेवा सुविधा पाउने सम्बन्धी सबै नीतिगत व्यवस्था खारेज गर्न निर्देशन दिइएको छ । त्यति मात्रै नभइ यसअघि लिइसकेको सुविधा समेत फिर्ता गर्नुपर्नेगरी निर्णय भएको छ ।

लिँदै आएको सुविधा कटौती हुने र थप भुक्तानी समेत गर्नुपर्ने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बोर्ड अध्यक्ष श्रेष्ठलाई यो निर्णय तत्काल फिर्ता गर्न/गराउन वा राजीनामा दिन भन्दै उनीहरुले दवाव दिएका छन् ।

यस्तो छ मन्त्रालयको निर्णय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?