+
+
Shares

ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहत भवन र मोटरसाइकलहरूमा समेत क्षति पुगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १३:२१

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले ग्रुपले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो ।

देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ ।

बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ, त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं । राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन ।’

राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उनको भनाइ छ ।

‘अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु,’ उनले भने ।

सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राखे । देशको विषम परिस्थितिमा आ–आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुन सक्ने विश्वास व्यक्त गरेका थिए ।

‘हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व ः सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग’ भन्ने मूल मर्म आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहत भवन र मोटरसाइकलहरूमा समेत क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?