+
+
Shares

रूपन्देहीमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

गैडहवा गाउँपालिका वडा नं ६ का ७५ वर्षीय रामरतन सैठवार र उनकी श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुप्न्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देही गैडहवा गाउँपालिका वडा नं ६ मा करेन्ट लागेर ७५ वर्षीय रामरतन सैठवार र ६८ वर्षीय अकाली सिंह सैठवारको मृत्यु भएको छ।
  • डीएसपी सुरज कार्कीका अनुसार मोटरको तार नाङ्गो जोड्दा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको हो।
  • मृतक दुवैको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको र थप अनुसन्धान भइरहेको छ।

८ असोज,बुटवल। रूपन्देहीमा करेन्ट लागेर श्रीमान– श्रीमतीको मृत्यु भएको छ।

गैडहवा गाउँपालिका वडा नं ६ का ७५ वर्षीय रामरतन सैठवार र उनकी श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुप्न्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार आज बिहान ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्दा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको हो।

सुरुमा अकाली सिंहलाई करेन्ट लागेको र श्रीमतीलाई छुटाउन जाँदा रामरतनलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ।

मोटरमा रहेको तारमा पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?