
८ असोज, काठमाडौं । पत्रकार तथा लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ ।
उपल्लो मुस्ताङको परम्म्परा तथा संस्कृतिमा केन्द्रित विषयवस्तु उपन्यासमा उठान गरिएको छ ।
रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको विषय उपन्यासमा समेटिएको लेखक समर्पण बताउँछन् ।
उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत् तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोहको चित्रण गरिएको छ ।
मुस्ताङको स्थानीय भाषामा तोरकीनको अर्थ हराउँदै जानु वा लोप हुने हो । उपन्यासमा उपल्लो मुस्ताङमा लोप हुँदै गएका तीनै विषयहरु समेटिएको उपन्यासको प्रकाशक बुकहिलले जनाएको छ ।
जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन् । उनी ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ (२)०६ र २०७७) पुरस्कृत समेत भएका थिए । उनी दशौं राष्ट्रिय खेलगीतका रचनाकार समेत हुन् ।
३३६ पृष्ठको पुस्तकको बजार मूल्य ६६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4