फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशका २८ कारागार र ९ सुधारगृहबाट १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए।
- कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले ६ हजार ८१३ कैदीबन्दी अझै फरार रहेको बताए।
- बुधबार दिउँसो १२ बजेसम्म ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन्।
८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका मध्ये अझै ६ हजार ८१३ कैदीबन्दी फरार छन् ।
कारागारबाट भागेका ६ हजार १९१ कैदीबन्दी र सुधारगृहबाट भागेका ६२२ गरी ६ हजार ८१३ कैदीबन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।
बुधबार दिउँसो १२ बजेसम्म कारागारबाट भागेका मध्ये ७ हजार ७३५ कैदीबन्दी फिर्ता आएका छन् ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशका विभिन्न २८ वटा कारागार र ९ वटा सुधारगृहबाट गरी १४ हजार ५४९ कैदीबन्दी फरार भएका थिए ।
२४ भदौमा देशभरिका कारागार र सुधारगृहमा गरी ३० हजार ६४१ कैदीबन्दी थिए ।
आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनी गर्दै भागेका उनीहरूमध्ये केही आफैं फिर्ता आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4