+
+
Shares

विगतका भ्रष्टाचारबारे छोटो समयमै सरकार प्रष्ट भयो, छानबिन हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १८:३३

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् ।

बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताइन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?