+
+
Shares

४२ जिल्लामा फैलियो लम्पी स्किन, १८ सय ८४ पशु मरे

लम्पी स्किनबाट देशभरि १ हजार ८ सय ८४ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । ४५ हजार १ सय ५९ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १९:३०

९ असोज, काठमाडौं । मुलुकका ६ प्रदेशका ४२ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ ।

लम्पी स्किनबाट देशभरि १ हजार ८ सय ८४ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । ४५ हजार १ सय ५९ पशुचौपाया यस रोगबाट संक्रमित भएका छन् ।

हाल सक्रिय संक्रमित पशुको संख्या ५ हजार ४ सय ४० छ । विभागका अनुसार लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ । यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ ।

६ असारदेखि ७ साउनसम्म कोशीका १३ जिल्लामा फैलिएको संक्रमणबाट ३० हजार १ सय ५४ पशु संक्रमित भएको र १ हजार १ सय १६ पशु मरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

लम्पी स्किन संक्रमण मधेश र लुम्बिनीका ८-८ जिल्ला, बागमती र गण्डकीका ५-५ जिल्ला, लुम्बिनीका ३ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा भने हालसम्म रोगको पुष्टि नभएको विभागले जनाएको छ ।

विवरण अनुसार मधेशमा ६ हजार १ सय ४५ पशु संक्रमित भएका छन् भने २ सय ४५ पशु मरेका छन् । बागमतीमा लम्पी स्किन रोगबाट ४ सय ८६ पशु मरेका छन् भने ७ हजार ८ सय २७ पशु संक्रमित छन् ।

यस्तै लुम्बिनीमा ५ सय १ पशु संक्रमित र १४ पशु मरेको र गण्डकीमा ५ सय १३ पशु यस रोगबाट संक्रमित भएको र २३ पशु मरेको विभागको विवरणमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश बाहेक बाँकी ६ प्रदेशमा १० लाख ८५ हजार १ सय ३५ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?