+
+
Shares

पाल्पाको तानसेन-गुल्मी सडक खण्डमा भ्यान दुर्घटना, १४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १८:११

१२ असोज, गुल्मी । पाल्पाको तानसेन नगरपालिका–१४ देउरालीस्थित तानसेन–गुल्मी पक्की सडक खण्डमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दिउँसो करिब १२:२५ बजे बुटवलबाट गुल्मी आउँदै गरेको बा.प्र.०१–०३१ च ७९५७ नम्बरको ईभी भ्यान सडकबाट करिब ५० मिटर तल रुखमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रादेशिक प्रहरी चौकी अर्गेलीबाट करिब ५०० मिटर पश्चिममा पर्छ । जानकारी पाएलगत्तै प्रहरी निरीक्षक राजेन्द्र रावलको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा चालकसहित १६ जना सवार रहेका मध्ये २ महिला मध्यम घाइते, १० जना सामान्य घाइते तथा चालकसहित ४ जना बालबालिकालाई केही भएको छैन । घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

रुरु स्वास्थ्य चौकी, रिडिमा उपचाररत

दिपेन्द्र केसी (३२), मुसिकोट–१, भ्यान चालक – बाहिरी चोट नभएको, अवस्था सामान्य, प्रहरी नियन्त्रणमा ।

सुकमाया बिक (३२), मुसिकोट–१ – दाहिने हातमा चोट ।

सुगम बिक (११), सुकमायाको छोरा – बायाँ हातमा चोट ।

कौशिला नेपाली (३२), मुसिकोट–६ – बायाँ खुट्टामा चोट ।

बिमल नेपाली (७), कौशिलाको छोरा – दुवै हातमा चोट ।

सिता कुमाल (२८), मुसिकोट–३ – दाहिने हात र मुखमा चोट ।

जमुना सुनार (२०), मालिका–१, गुल्मी – दायाँ खुट्टामा चोट ।

साबित्रा सिरिष (३०), बरेङ–३, बागलुङ – बायाँ हातमा चोट ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचाररत ।

प्रमिला केसी (३७), मुसिकोट–१ खामडाडा – बायाँ हात र टाउकोमा चोट ।

प्रजिता केसी (१६), प्रमिलाकी छोरी – अनुहार र बायाँ हातमा चोट, अवस्था मध्यम ।

प्रजिना केसी (८), प्रमिलाकी छोरी – घाँटी र दाहिने हातमा चोट ।

चन्द्रकला केसी घिमिरे (३७), मुसिकोट–१ – टाउको र अनुहारमा चोट, अवस्था मध्यम ।

नविन घिमिरे (१०), चन्द्रकलाका छोरा – दाहिने कुममा चोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?