
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेडले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
- सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका छन्।
- सरकारले २३ र २४ भदौको आन्दोलनमा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र राहतका लागि कोष खडा गरेको हो।
१२ असोज, काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले एक करोड रुपैयाँ सहयोग गरेको छ।
२३ र २४ भदौको आन्दोलनका क्रममा भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड गरिएको थियो। सो क्रममा ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका लागि सरकारले कोष खडा गरेको हो।
निफ्राले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड सहयोग गरेको मन्त्रालयले जनाएको छ। सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4