+
+
Shares

लाग्यो दशैं, उपत्यका छाड्नेको लर्को (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते ९:३९

१३ असोज, काठमाडौं । नेपालीहरूको मुख्य चाड दशैं मनाउन उपत्यका छाड्नेहरूको क्रम जारी छ ।

केहीदिनदेखि उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका छन् ।

विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको लर्को देखिन्छ ।

आजदेखि दशैंको बिदा पनि सुरु भएको छ । आज (फूलपाति) बिहानैबाट विभिन्न बस काउन्टर तथा चोकहरूमा मानिसहरू बाक्लो संख्यामा देखिएका छन् ।

यसैबीच काठमाडौंको कोटेश्वरमा देखिएको केही दृश्य :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?