+
+
Shares

जेनजी आन्दोलन इतिहासकै अकल्पनीय र दु:खद घटना : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १०:०८

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरू नेपालको इतिहासमा अकल्पनिय र दु:खद घटना भएको बताएका छन् ।

सोमबार बडादशैंको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्ति बीचको एकतालाई अझै मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेर गम्भीर घाइते भएका देउवा अहिले पनि अस्पतालमै छन् ।

सुरक्षाको कारण देखाउँदै उनी सार्वजनिक भएका छैनन् । शुभकामना सन्देश भने उनले सामाजिक सञ्जालमार्फत प्रेशित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?