
News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही, मकवानपुर, बर्दिया र इलामबाट लागूऔषधसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- रुपन्देहीको बुटवलबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्राम लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन्।
- प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।
१४ असोज, काठमाडाैं । रुपन्देही, मकवानपुर, बर्दिया र इलामबाट प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत ६ जनालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई स्कुटर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–४ तुलसीपुरबाट ३१ वर्षीय रोजित लामिछाने खैरो हेरोइन जस्तो देखिने ५१० मिलिग्रामसहित पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरमा भारतबाट नेपालतर्फ पैदल आएका २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू ब्राउनसुगर जस्तो देखिने १ ग्राम १५० मिलिग्रामसहित पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै, इलाम नगरपालिका–८ तिल्केनी मोडस्थित सडकबाट ३१ वर्षीय विशाल आचार्य ब्राउनसुगर जस्तो देखिने ३४० मिलिग्रामसहित पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार सबै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4