+
+
Shares

तुइन खोलाको पहिरो पन्छाएर सुचारु भयो मुग्लिन–नारायणगढ सडकखण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते २१:०८
फाइल फोटो

१४ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक पहिरो खसेर अवरुद्ध राजमार्ग सुचारु भएको छ ।

मंगलबार साँझ ७ बजेतिर फेरि इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक खसेको पहिरो हटाएर केहीबेर बाटो दुईतर्फी नै सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार त्यसक्षेत्रमा हल्का वर्षा भइरहँदा आज पुन: पहिलेकै स्थानमा लेदो पहिरो खसेको थियो ।

सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय भरतपुरका प्राविधिक टोलीले जेसीबीसहितका मेसिन प्रयोग गरेर पहिरो पन्छाएका हुन् ।

गत ३ असोजमा पहिरो खस्न सुरु भएको तुइन खोलामा त्यसयता पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । दशैंका बेला गन्तब्यतर्फ हिँडेका यात्रु पहिरोका कारण सडकमै अलपत्र परिरहेका छन् ।

त्यसक्षेत्रमा लगातार हल्का वर्षा भइरहेका कारण तुइन खोलामा पहिरो खसिरहेको भीरबाट लेदो झर्न नरोकिँदा सडक छेकिएर सवारी आवागमन प्रभावित भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?