+
+
Shares

अक्टोबर ९ मा जेनजीको प्रदर्शन छैन, शान्ति भड्काउने पक्षमा छैनौं : मिरज ढुंगाना

सेप्टेम्बर ८ मा मुसो मार्न जाँदा बाघ हात परेको प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नरहेको बताएका छन्।
  • ढुंगानाले भने, 'अक्टोबर ९ मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काममा हाम्रो संलग्नता हुने छैन।'
  • जेनजीहरूले भदौ २३ गते गरेको प्रदर्शन गरिसकेको र अब शान्ति कायम गर्दै अगाडि बढ्ने प्रतिबद्धता रहेको उनले बताए।

१५ असोज, काठमाडौं । जेनजी आन्दोलनका एक अगुजा मिरज ढुंगानाले अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नरहेको बताएका छन् । उक्त दिन प्रर्दशन रहेको भनेर सामाजिक सञ्जालमा सन्देश प्रावह भइरहेका बेला ढुंगानाले त्यस्तोमा जेनजीको सहभागिता नरहेको बताएका हुन्।

टिकटकमा भिडियो राख्दै उनले भनेका छन्, ‘अक्टोबर ९ मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काम यस्तो काममा हाम्रो संलग्नता हुने छैन, जेनजीहरूको संलग्नता हुने छैन।’

जेनजीहरूले भदौ २३ गते गरेको प्रदर्शन गरिसकेको उनले बताए । त्यसदिनको प्रदर्शनबारे उनले भनेका छन्, ‘मुसो मार्न गएको हामीले बाघ मारेर ल्यायौं । अब बाघ उचाल्न सकिँदैन जंगलबाट ।’ प्राप्त भएको उपलब्धी अगाडि बढाउने र शान्ति कायम गर्दै अगाडि बढिने उनको प्रतिबद्धता छ।

‘एजेण्डाबिना, के गर्ने त्यसपछि भन्ने त्यो थाहा नपाइकन हामी कुनै खालको प्रदर्शनमा सहभागिता जनाउँदैनौं,’ ढुंगानाले भनेका छन्, ‘परेको खण्डमा शान्तिपूर्ण प्रदर्शन गरौंला । तर, हिंसा हुने खालको प्रदर्शनमा हाम्रो संलग्नता हुने छैन।’

उनी थप्छन्, ‘एक हिसाबले बनिसकेको शान्ति आमी फेरि भंग गर्नेवाला छै्रनौं । अहिले प्रदर्शन गर्नुपर्ने कुनै कारण पनि छैन।’

माग पूरा नभए दबाब दिने हो र दबाब दिनेमा नै आफूहरूको ध्यान रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?