+
+
Shares

बाराकाे चुरियामाईमा बसको ठक्करबाट २ माेटरसाइकलका २ जनाकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुर र बाराको सीमा चुरियामाईमा बस र मोटरसाइकलको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा दुई परिवारका ६ जना घाइते भएका थिए र दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका छन्।
  • बस चालक विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ र चुरियामाई सडकमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई वटा मोटरसाइकलमा ठक्कर दिएको थियो।

दुई वटा मोटरसाइकलमा सवार दुई वटा परिवारका ६ जना घाइते भएका थिए । उनीहरूलाई बारा र मकवानपुरका अस्पतालमा उपचारका लागि पठाइएकोमा दुई जनालाई चिकित्सकले मृत घोषणा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलिपकुमार थापाले जानकारी दिए।

मृत्यु हुनेमा ना. १२ प ३३६० नम्बरका मोटरसाइकल चालक बाराको फेटा गाउँपालिका-१ भरवलिया बस्ने २५ वर्षीय मकेश्वर पटेल र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकल चालक कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीय कविता देवी छन्। गम्भीर घाइते  दुवैलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक थापाले अनलाइनखबरलाई जानकारी दिए ।

पटेलकी २२ वर्षीया श्रीमती कलिता देवी  र २० महिनाकी छोरी तानेया पटेल घाइते भएका छन् । कलिता र छोरीको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

त्यस्तै, अर्को मोटरसाइकलमा सवार पर्सा, वीरगञ्ज–३१ का मृतक कविता देवीका श्रीमान् मोटरसाइकल चालक २७ वर्षीय कञ्चनकुमार पटेल र ३ वर्षीय छोरा आयुष पटेल पनि घाइते भएका छन् । कञ्चन र आयुषको सहकारी अस्पताल मकवानपुरमा उपचार भइरहेको छ।

बस दुर्घटनापछि फरार रहेका बस चालक सर्लाही लालबन्दीका ४७ वर्षीय विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिइएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चुरियामाई सडकमा एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?