+
+
Shares

चीनको ‘के भिसा’ : विदेशी विशेषज्ञलाई आकर्षित गर्ने प्रयास, तर स्वदेशमै आलोचना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १७:२८

१६ असोज, काठमाडौं । चीनले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरेको छ ।

सन् २०२५ को अगस्टमै घोषणा गरिएको भए पनि हालैदेखि नियम कार्यान्वयन भएपछि यसबारे बहस सुरु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाको ‘एच-१बी भिसा’ जस्तै भन्दै समाचार प्रकाशित गरेपछि चीनभित्र यसको आलोचना भइरहेको छ ।

अमेरिकाले हालै एच-१बी भिसाको शुल्क धेरै गुणा बढाएपछि भारतीय युवाप्रतिभामा असन्तोष बढेको र यसैबीच चीनको नयाँ भिसालाई विकल्पका रूपमा हेरिएको थियो ।

पछिल्ला वर्षहरूमा एच-१बी भिसाको करिब ७० प्रतिशत भारतीयले पाउँदै आएको तथ्यांकलाई उदाहरण दिँदै भारतीय मिडियाले चीनको कदमलाई विशेष महत्व दिएको हो । तर, चीनभित्र भने यो भिसाबारे आलोचना भइरहेको बीबीसीले जनाएको छ ।

चिनियाँ सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ताले आफ्नै देशमा पर्याप्त स्नातक, स्नातकोत्तर र पीएचडीधारी प्रतिभा हुँदाहुँदै विदेशीलाई प्राथमिकता दिन खोज्नु गलत भएको टिप्पणी गरेका छन् ।

कतिपयले प्रत्यक्ष भारतीयलाई लक्षित गर्दै रोश पोखेका छन् । आलोचना बढेपछि सरकारी मुखपत्र मानिने पत्रिकाहरूले खण्डन  गर्दै ‘के भिसा’लाई नयाँ युगमा खुला र आत्मविश्वासी चीन देखाउने अवसरको रूपमा चित्रण गरेका छन् ।

यो भिसाले एसटीईएम क्षेत्रमा डिग्री हासिल गरेका वा अनुसन्धान-शिक्षणमा संलग्न विदेशीलाई स्थानीय रोजगारदाताको सिफारिसबिनै आवेदन दिन सक्ने सुविधा दिएको छ । बसाइ र भिसाको अवधिमा पनि लचिलोपन दिइएको छ ।

तर यसले विदेशीलाई वास्तवमै चीनमा रोजगारी गर्ने अधिकार दिने हो वा केवल छोटो अवधिको अध्ययन-अनुसन्धान र भ्रमणलाई सहज बनाउने हो भन्ने अझै स्पष्ट गरिएको छैन ।

भारतीय सञ्जारमाध्यमहरूले भने भारतमा एच–१बी भिसामा निर्भरता धेरै भएकाले त्यहाँ यसलाई अमेरिकाको विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?