+
+
Shares

खराब मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ९:४४
वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् ।

काठमाडौं । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ ।

उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ ।

कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् ।

कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कुनै कुनै प्रदेशमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?