+
+
Shares

पहिरोको कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १९:०७

१८ असोज, काभ्रेपलाञ्चोक । पहिरोको कारण सिन्धुली खण्डको मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

अविरल बर्षाको कारण ढुंगा, माटो र लेदो सहित को पहिरो आई सिन्धुलीको फिक्कल गाउपालिका ६ नागस्थान स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख प्रहरी उपरीक्षिक लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार पानी परिरहेको कारण तत्काल पहिरो पन्छाउन नसकिने जानकारी दिए । पहिरो स्थलमा प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

साथै मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर ६ अक्करे भिरमा बर्षात को कारण ढुंगा,माटो र लेदो सहितको पहिरो आई बाटो एक तर्फी  बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पानी परिरहेको र रात परेको कारण तत्काल पहिरो पन्छाउन नसकिने जानाउदै उक्त स्थानमा अस्थायी प्रहरी पोस्ट हैवारवेशीबाट प्रहरी टोली खटिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?