
News Summary
Generated by OK AI. Editorially reviewed.- धुलिखेलको होटल विहानीले बीपी र अरनिको राजमार्गमा अलपत्र परेका यात्रुलाई नि:शुल्क खाना र बस्ने व्यवस्था गरेको छ।
- होटल सञ्चालक राजाराम गौतमले सामाजिक सञ्जालमा कोही अलपत्र परेमा सहयोग सुरु भइसकेको जानकारी दिनुभएको छ।
- बनेपाको तिमल्सिना स्वीट्स एण्ड भेज स्टेशनले २० गतेसम्म यात्रुलाई नि:शुल्क खाना र खाजा खुवाउने व्यवस्था गरेको छ।
१८ असोज, काभ्रेपलाञ्चोक। बीपी र अरनिको राजमार्ग हुँदै यात्रा गर्दा अलपत्र परेका यात्रुलाई नि:शुल्क रुपमा खाना र बस्नको लागि घोषणा गरेका छन् ।
दुवै राजमार्गमा यात्रा गर्दा अलपत्र परेमा निशुल्क खाना र बस्ने व्यवस्था गरेको धुलिखेलमा रहेको होटल विहानीका सञ्चालक राजाराम गौतमले जानकारी दिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै कोही अलपत्र अवस्थामा कोही हुनुहुन्छ भने आफ्नो होटलमा नि:शुल्क खाना र बस्नको लागि व्यवस्था गरेको अनलाइनखबरलाई बताए।
‘मौसम यस्तो छ, निरन्तर वर्षा भइरहेको छ, यो बेलामा कोही अलपत्र पर्न सक्ने भएकाले यस्तो घोषणा गरेको हुँ।’गौतमले भने, ‘सहयोग सुरु भइसकेको छ।’ उनको होटलमा विभिन्न स्थानबाट फोन आइरहेको र विभिन्न स्थानमा बसोबासको व्यवस्थापन गरेको गौतमले जानकारी दिए।
अहिले सम्म विभिन्न स्थानमा गरेर २०–२५ जना व्यक्तिहरु सम्पर्कमा आइसकेका छन् ।
त्यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गबाट बनेपा हुँदै काठमाडौं वा कुनै लामो दूरी पुग्ने गरी यात्रामा निस्किएर अलपत्र परेकाहरूलाई बनेपाको तीन दोबाटो चोकमा रहेको तिमल्सिना स्वीट्स एण्ड भेज स्टेशनले नि: शुल्क खाना नास्ताको ब्यवस्था गरेको छ।
२० गते सम्म निशुल्क खाना तथा खाजा खुवाउने सञ्चालक मुक्ति तिमल्सिनाले जानकारी दिए ।
यस्तै अलपत्र अवस्थामा कोही भए धुलिखेलको भट्टेडाँडामा रहेको रहेको हिमालयन सनराइज होटलमा समेत निशुल्क खाने बस्ने व्यवस्था गरेको होटल सञ्चालक अनिस तिमल्सिनाले जानकारी दिए ।
त्यस्तै बनेपामा रहेको व्ल्याक एण्ड ह्वाईट होटलले पनि निशुल्क बासको व्यवस्थापन गरेको छ । होटलका प्रोपाईटर नृपेश वादेले भारी वर्षाका कारण कुनै पनि व्यक्तिहरू अलपत्र नपरुन भन्ने उदेश्यले होटेलमा बसोबासको लागि निशुल्क रूपमा व्यवस्थापन गरेको जानकारी दिए ।
प्रतिक्रिया 4