+
+
Shares

विपद्को खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल

शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले विपद्‌मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले देशभर अविरल वर्षा र बाढीपहिरोको खतराबारे सजग रहन सबैसँग अपिल गर्नुभएको छ।
  • उहाँले विपद्‌को समयमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
  • राष्ट्रपति कार्यालयले शीघ्र उद्धार र राहतका लागि सबै राज्य निकायलाई खटिन अपिल गरेको छ।

१८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि देशभर अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन सबैसँग अपिल गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले विपद्‌मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् ।

विज्ञप्तिमा भनिएक, ‘ देशभर जारी अिरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको खतराबाट सजग रहँदै यो विपद्‌माधैर्यतापूर्वक चुनौतीको सामना गर्न म सम्पूर्ण दाजुभाइतथा दिदीबहिनीहरूलाई आग्रह गर्दछु।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?