+
+
Shares

मेची करिडोरका तीन ठाउँका पुल बगे

केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते ७:०६
Photo Credit : Deep Kishor Guragain
क्षतिग्रस्त माईखोलाको पुल

१९ असोज, काठमाडौं । मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ ।

केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।

इलाम नगरपालिका-११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ ।

मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आउ–जाउ बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?