+
+
Shares

एसियन हाइवे अन्तर्गत माइधार–दुधे सडकखण्डको डाइभर्सन बग्यो

बाढीले डाइभर्सन बगाएपछि गाडीहरुलाई डाइभर्ट गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते ११:११

१९ असोज, काठमाडौं । पूर्व–पश्चिम निर्माणाधीन एसियन हाइवे अन्तर्गत झापाको माइधार–दुधे सडकखण्ड अवरुद्ध भएको छ । भालुखोलाको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।

सो सडकखण्ड भएर गुड्ने गाडीहरुलाई डाइभर्ट गरिएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारी साधनहरु माईधारबाट दक्षिण कन्काई नहर हुँदै संगम चोक र पश्चिमबाट पूर्व जाने सवारी साधनहरु संगमचोकदेखि दक्षिण कन्काई नहर हुँदै माईधार डाइभर्ट गरिएको हो ।

क्षति भएको डाइभर्सन मर्मतको काम थालिएको छ ।

काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा राजमार्ग अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?