
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मौसममा सुधार भएसँगै केही सडकहरूमा सवारी एकतर्फी खुलाउने निर्णय गरेको छ।
- धादिङ, चितवन, मकवानपुर र नुवाकोटका प्रशासन कार्यालयबाट पहिरो पन्छाई सवारी सञ्चालन तयारी भइरहेको सूचना आएको छ।
- प्रशासनले सवारी चलाउँदा सुरक्षाकर्मीको निर्देशन र ट्राफिक संकेतलाई गम्भीरतापूर्वक पालन गर्न अनुरोध गरेको छ।
१९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं मौसममा क्रमिक सुधार भएको भन्दै केही सडकहरू खुलाइएको जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक विज्ञप्ति जारी गर्दै केही सडकहरूमा सवारी एकतर्फी खुलाउने निर्णय गरेको जनाएको छ ।
‘अहिले विभिन्न ठाउँहरूमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त हुन आएकोले यसै सूचनाको आधारमा सडकमा यात्रुहरूको चापलाई समेत मध्यनजर गरी उक्त सडकहरुमा आवागमन एकतर्फी रुपमा खुला गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि प्रशासनले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने, काठमाडौंबाट नुवाकोटतर्फ जाने र काठमाडौं दक्षिणकाली हुँदै हेटौडातर्फ जाने सवारी साधनहरूलाई पूर्ण रूपमा बन्द गरेको थियो ।
प्रशासनका अनुसार, अहिले मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाडौं दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भइरहेको छ ।
प्रशासनले सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक ईसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया 4