+
+
Shares

अरनिको राजमार्गमा यातायात चल्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १३:२९

१९ असोज, काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।

अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट यो राजमार्ग भएर भित्रने र बाहिरिने गाडीहरु आवतजावत गरिरहेको उनले बताइन् ।

‘सडक मर्मतको टोली उपकरणसहित साइटमै छ । भएका अवरोध खुलाएर दुईतर्फ नै बाटो सञ्चालन गरिएको छ,’ उनले भनिन् ।

अरनिको राजमार्गको धुलिखेल–खावा, पकुचालगायत निकै ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो । बाढी तथा पहिरोका कारण शनिवार बिहानैदेखि यो सडकमा यातायात बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?