+
+
Shares

बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको शव भेटियो

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार ५ हजार ४८१ घरपरिवार विस्थापित भएका हुन्। यो प्रारम्भिक विवरण हो। विस्थापितको संख्या २५ हजार २३१ रहेको उनले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा अविरल वर्षासँगै आएको बाढीले ५ हजार ४८१ घरपरिवार विस्थापित भएका छन् भने कुल विस्थापित संख्या २५ हजार २३१ पुगेको छ।
  • विस्थापितहरू शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, गौरादह, भद्रपुर र झापा गाउँपालिकाका विभिन्न वडाबाट आएका छन् र विद्यालय तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन्।
  • कनकाइ नगरपालिका-४ कोटीहोम नजिकै कनकाई माई खोलाको बीच भागमा एक ६० वर्षीय जस्तो देखिने व्यक्तिको नग्न शव फेला परेको छ र पहिचान खुल्न सकेको छैन।

१९ असोज, विराटनगर। अविरल वर्षासँगै आएको बाढीका कारण झापा जिल्लामा मात्रै ५ हजार ४ सय बढी परिवार विस्थापित भएका छन् । एक जनाको शव फेला परेकोछ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार ५ हजार ४८१ घरपरिवार विस्थापित भएका हुन्। यो प्रारम्भिक विवरण हो। विस्थापितको संख्या २५ हजार २३१ रहेको उनले जानकारी दिए।

शिवसताक्षी नगरपालिका ४, ५, ६ र ७, गौरीगञ्ज गाउँपालिका– १, २, अर्जुनधारा नगरपालिका ७, गौरादह नगरपालिका– ५,, भद्रपुर नगरपालिका–५, झापा गाउँपालिका– १ २, ३, ६ र ७ का सयौं परिवार विस्थापित भएका छन्।

झापा गाउँपालिका– १,२,३,६, ७ बाट पनि सयौँ परिवार विस्थापित भएका छन्।

विस्थापितहरू आफन्त र विद्यालय र सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । विस्थापित मध्य अधिकांश माइ नदी किनारमा बसोबास गर्नेहरू छन्।

कनकाइ नगरपालिका-४ कोटीहोम नजिकै कनकाई माई खोलाकोबीच भागमा एक जनाको शव फेला परेको छ ।

अन्दाजी ६० वर्षीय जस्तो देखिने व्यक्तिको पहिचान खुलेको छैन। खोलाको बीचभागमा भेटिएको शव नग्न अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?