
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकाको सांगीतिक टूरमा छन् र सामाजिक सञ्जालमा नाचगानका भिडियो र फोटो साझा गरिरहेका छन्।
- एलिना र प्रतापलाई सामाजिक सञ्जालमा 'सुन्दर जोडी' भन्दै प्रशंसा गरिए पनि उनीहरूले आफूहरू दाजुबहिनी भएको बताउँदै आएका छन्।
- एलिना र प्रतापले तिहारको भाइटीकाको शुभमूहुर्तमा गीत ल्याउँदै आलोचकलाई जवाफ दिने तयारी गरिरहेका छन् र उक्त गीत बुधबार सार्वजनिक हुने छ।
काठमाडौं । अहिले गायिका एलिना चौहान र गायक प्रताप दास अमेरिकाको सांगीतिक टूरमा छन् । यसबीच, उनीहरूले सामाजिक सञ्जालमा नाचगानका भिडियो र फोटो हालिरहेका छन् ।
यस्तोमा, एलिना र प्रतापलाई कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले ‘सुन्दर जोडी’ भन्दै प्रशंसा गरिरहेका छन् । कतिपयले चाँडै विवाह गर्नुपर्यो भन्दै कमेन्ट लेखिरहेको देखिएको छ ।
एलिना र प्रताप दुवैले आफूबारे आएका कमेन्टमा टिप्पणी गर्दैै आफूहरू दाजुबहिनी भएको बताउँदै आएका छन् । केही दिनअघि त दुवैले ‘तिहारको भाइटीकाको शुभमूहुर्त उल्लेख गर्दै आलोचकलाई जवाफ दिए ।
इतिमात्र होइन, आलोचकलाई जवाफ दिन उनीहरूले तिहार गीत पनि ल्याउँदैछन् । उक्त गीतको संक्षिप्त क्लिप सार्वजनिक गर्दै उनीहरूले तिहार गीत बुधबार आउने बताएका छन् ।
गीतको भिडियोमा यी दुईलाई भाइटीका लगाएको देख्न सकिन्छ । उनीहरूले गीतमार्फत आलोचकलाई जवाफ दिन खोजेको देखिन्छ । उनीहरूले आफूहरू दाजुबहिनी भएको प्रमाणित गर्न यो गीत सार्वजनिक गर्न लागेको जस्तो देखिन्छ ।
यो गीतको क्लिप भाइरल भैरहेको देखिन्छ ।
यसबीच, मंगलबार एलिनाको नयाँ स्टाटस आएको छ- गलत नबुझ्ने, गलत नलेख्ने र एउटी नारीलाई खुसी भएको हेर्न सक्ने समाज हामीले कहिले बनाउने ?
प्रतिक्रिया 4