+
+
Shares

वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै केन्द्रीय बैंक

केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १४:१०

२२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम बढेपछि केन्द्रीय बैंकले ११ दिन अवधिको निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

उक्त निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन् । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वत्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।

त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपोमार्फत प्रणालीमा पैसा पठाउँछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।

बुधबारसम्ममा केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ७ खर्ब ६७ अर्ब रुपैयाँ मौज्दात छ । उक्त मौज्दात रकममध्ये स्थायी निक्षेपको ६ खर्ब ९२ अर्ब हो भने निक्षेप संकलनको ७४ अर्ब ५५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?