+
+
Shares

पूँजीबजार सुधार प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न स्टक ब्रोकरको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पूँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ।
  • अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले सेयर धितो कर्जा लिमिट हटाउने, बैंकमाथि लगाइएको बन्देज हटाउने लगायत सुझाव दिएको छ।
  • एसबानका अध्यक्ष सागर ढकालले सुझावलाई द्रुत गतिमा कार्यान्वयन गर्नुपर्ने र पूँजी बजारको भविष्य उज्वल हुने बताए।

२२ असोज, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले पूँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै एसबानले कार्यान्वयनको माग गरेको हो ।

अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पूँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई निर्देशन दिएका छन् ।

‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पूँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिदबिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ नयाँ औजार भित्र्याउने, नेप्सेको पुनर्संरचना सहित निजीकरण गर्नेलगायत दर्जनौं सुझाव दिएको छ त्यो एकदमै स्वागतयोग्य छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने उनले भने, ‘यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायले कार्यान्वयनमा लैजानुपर्छ ।’

यसअघि कुनै पनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भएपनि कार्यान्यन नहुने गरेकाले यो सुझाव पनि त्यस्तै नहोस् भन्ने चाहना रहेको ढकालको भनाइ छ ।

‘अब सुझावलाई द्रुत गतिका साथ कार्यान्यनमा लैजाने हो भने नेपालको पुँजी बजारको भविष्य उज्वल हुनेछ’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?