+
+
Shares

बीपी राजमार्ग : काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थानमा डाइभर्सन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा आठ स्थानमा डाइभर्सन बनाउन सुरु भएको छ।
  • काभ्रे खण्डको पाँच स्थानमा १२ स्काभेटर, ४ ह्वील लोडर र ८ टिपर प्रयोग गरी डाइभर्सन बनाउने काम भइरहेको छ।
  • सिन्धुली खण्डमा तीन डाइभर्सन मध्ये दुईवटा साँझसम्म सवारी चलाउन मिल्ने अवस्थामा पुग्ने र अर्को भोली दिउँसोसम्म निर्माण सम्पन्न हुने बताइएको छ।

२२ असोज, काभ्रेपलाञ्चोक । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा ८ स्थानबाट डाइभर्सन बनाउन सुरु भएको छ ।

बीपी राजमार्गको काभ्रेखण्डमा पाँच स्थान तथा सिन्धुली खण्डको ती स्थानमा डाइभर्सन बनिरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार, काभ्रे खण्डको चौकीडाँडा, घुमाउने, चारसय वेशी, पिन्थली र भ्याकुरेखोलामा डाईभर्सन बनाउने काम भइरहेको छ ।

पानीको बहाव घट्दै गएपछि निर्माण शुरु भएपनि मंगलबार दिउँसो बनेपा, पनौती लगायतको क्षेत्रमा पानी परेर केहि समय काम गर्न समस्या परेको अधिकारीको भनाइ छ ।

अहिले काभ्रे खण्डको पाँच स्थानमा १२ वटा स्काभेटर, ४ वडा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरेर डाइभर्सन बनाउने काम भइरहेको छ । ‘घुमाउनेमा डाइभर्सन बन्यो, चौकीडाँडामा पनि खोला फर्काएर डाइभर्सन बनिरहेको छ, त्यहाँ भोली सम्म डाइभर्सन बनिसक्छ,’ सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीले भनिन् ।

यस्तै, क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि डाइभर्सन बनिरहेको छ । सिन्धुलीको नेपालथोकबाट बनाउन शुरु भएको  सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुर्दशन उप्रेतीले सिन्धुली खण्डमा तीन वटा डाइभर्सनमध्ये दुईवटामा साँझबाट ससवारी चलाउन सकिने तथा एक स्थानमा नयाँ कटान गरेको कारण भोली सम्ममा डाइभर्सन बनिसकने जानकारी दिए ।

‘तीन स्थानमध्ये नेपालथोक तथा बालुवामा डाइभर्सनको निर्माण अन्तिम चरणमा पुगेको छ, साँझ सम्म सवारी चलाउन मिल्छ । तर रोशीले बालुवा भन्दा थोरै माथि नयाँ कटान गरेको हुनाले खोला फर्काएर डाइभर्सन बनाउने काम भइरहेको छ, त्यहाँ भोली दिउँसो सम्ममा निर्माण सम्पन्न भइसक्छ,’ उप्रेतीले भने ।

उक्त खण्डमा १० वटा इक्विपमेन्टले काम गरिरहेको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ ।

राजमार्गमा डाइभर्सन बनाउन सोमबारबाट शुरु भएपनि हाल सम्म कुनै पनि स्थानमा सवारी जाने गरि डाइभर्सन निर्माण भएको छैन ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग चौकीडाँडा–नेपालथोक खण्ड ३,४ दिनभित्रमा सुचारु गरिने बताएको समय गुज्रदा अहिले सम्म कुनै स्थानमा पनि डाइभर्सन क्लियर भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?