+
+
Shares

देउवाले बोलाए पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:३०

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसका एक पदाधिकारीले सभापति देउवाले बैठक बोलाएको जानकारी गराए । बैठक बोलाइएको स्थान भने उनले खुलाउन चाहेनन् ।

२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा बारे छलफल हुने ती पदाधिकारीले जानकारी गराए ।

दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) देउवा र उनको पत्नि आरजु राणा देउवा माथि कुटपिट भएको थियो ।

सेनाको सुरक्षामा देउवा दम्पत्तिले उपचार गराएका थिए । उपचारपछि फर्केर देउवा दम्पत्ति बसेको स्थान हालसम्म जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?