
News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी इलेक्ट्रोनिक्सले दशैंतिहार लक्षित गर्दै क्रोम्प्टनको ‘दशैंतिहारको ठूलो हर्ष’ अफर सार्वजनिक गरेको छ।
- अफर अन्तर्गत बम्पर लक्की ड्रमार्फत विजेताले माइडियाको ४८२ लिटर साइड बाई साइड फ्रिज जित्ने अवसर पाउनेछन्।
- ग्राहकले मासिक किस्ता भुक्तानी, निःशुल्क वितरण, जडान र ६० महिनासम्मको प्रत्याभूति सुविधा पाउनेछन्।
२२ असोज, काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले दशैंतिहार लक्षित गर्दै क्रोम्प्टनको ‘दशैंतिहारको ठूलो हर्ष’ अफर सार्वजनिक गरेको छ ।
यस विशेष अफर मार्फत क्रोम्प्टनका उत्पादन खरिद गर्ने उपभोक्तालाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार जित्ने अवसर मिल्ने छ ।
अफर अन्तर्गत बम्पर लक्की ड्रमार्फत विजेताले माइडिया कम्पनीको ४ सय ८२ लिटरको साइड बाई साइड फ्रिज जित्ने अवसर पाउनेछन् ।
प्रत्येक महिना एक जना विजेताले माइडिया १०० सिरिजको ८ किलो क्षमताको वासिङ मेसिन प्राप्त गर्नेछन् ।
प्रत्येक साता एक जना विजेताले क्रोम्प्टनको मिक्स्चर ग्राइन्डर जित्न सक्नेछन् ।
यस अतिरिक्त ग्राहकले थप विशेष लाभ पनि प्राप्त गर्न सक्नेछन् । जसमा सजिलो मासिक किस्ता भुक्तानी सुविधा, खरिद गरिएको सामानको निःशुल्क वितरण र निःशुल्क जडान सुविधा उपलब्ध गराइने छ ।
साथै, ग्राहकहरूले खरिद गरेका उत्पादनमा ६० महिनासम्मको प्रत्याभूति (उत्पादन अनुसार) को सुविधा पनि पाउनेछन् ।
यस योजनामा सहभागी हुन ग्राहकले उत्पादन खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया 4