+
+
Shares

तने बोडी र घिउसिमीको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार तने बोडी र घिउसिमीको थोक मूल्य बढेको छ।
  • बिहीबार तने बोडीको थोक मूल्य प्रतिकिलो १ सय १२ रुपैयाँ पुगेको छ, जुन हिजो ८५ रुपैयाँ थियो।
  • घिउसिमीको थोक मूल्य पनि बिहीबार प्रतिकिलो ८ देखि १५ रुपैयाँले बढेर ९३ देखि १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

२३ असोज, काठमाडौं । स्थानीय बजारमा तने बोडी र घिउसिमीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज बिहीबार तने बोडी र घिउ सिमीको थोक मूल्य बढेको हो ।

कालीमाटी बजारमा हिजो बुधबार प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज बिहीबार १ सय १२ रुपैयाँमा किनबेच भइरहेको छ । आज तने बोडीको भाउ किलोको २७ रुपैयाँ वृद्धि भएको हो ।

यस्तै आज घिउसिमीको भाउ पनि प्रतिकिलो थोकमा ८ देखि १५ रुपैयाँ बढेको छ ।

हिजो बुधबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको घिउसिमी लोकल आज बिहीबार १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै घिउ सिमी हाइब्रिड आज प्रतिकिलो ९३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ । हिजो भने घिउसिमी हाइब्रिड प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।

तर, खुद्रामा भने उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपरेको छ । खुद्रामा तने बोडी र घिउ सिमी प्रतिकिलो १ सय ५० देखि १ सय ६० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?