
२३ असोज, हुम्ला । कर्णाली नदीमा एक युवतीको बेवारिसे शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको छेउमा शव फेला परेको हो ।
नदी किनारमा एक युवतीको बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । शव बुधबार बिहान ९ मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा फेला परेको इलाका प्रहरी कोल्टीले जनाएको छ ।
यही असोज १० गते चंखेली गाउँपालिका-४ माथिल्लो पालीका एक युवा र एक जना युवतीले सामाजिक सञ्जालमा स्टाटस लेखेर घरबाट सम्पर्कविहीन भएका थिए । त्यसबेला बेपत्ता भएकी चंखेली गाउँपालिका-४ की २३ वर्षीय कर्मा बाोहराको शव हो कि भनेर प्रहरीले अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4