+
+
Shares

अझै १४ सय थुनुवा फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १३:३६
फाइल तस्वीर

२३ असोज, काठमाडौं । देशभरका विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार छन् ।

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि हिरासतका थुनुवालाई प्रहरीले छाडिदिएको थियो ।

ती मध्ये केही थुनुवा पक्राउ पर्नुका साथै केही आफै आए पनि अझै १४ सय थुनुवा फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

‘जेनजी प्रदर्शनमा छाडिएका मध्ये अझै १४ सय थुनुवा फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ’ घिमिरेले अनलाइखबरसँग भने ।

सामान्य अपराधदेखि कर्तव्य ज्यान, बलात्कारसम्मका थुनुवा अहिले फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?