+
+
Shares

कीर्तिपुर वृत्तका डीएसपी फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १६:१८

२३ असोज, काठमाडौं । प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् ।

वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डीएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो ।

यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपीको जिम्मेवारी हेरफेर भएको थियो ।

डीएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?