
२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्ने क्रममा बिहीबार दिउँसो पक्राउ परेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ ।
प्रहरीले पक्राउपछि गर्ने मेडिकल रिपोर्टमा उनले लागूऔषध (गाँजा) सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो । आज पनि त्यही आयो,’ उनले भने, ‘हामीले सुधार केन्द्र पठाएका छौं ।’
निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको एसपी भट्टराईले बताए ।
उनीसहित प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4