+
+
Shares

प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण- राजीनामाको चेतावनी दिएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १५:०३

२४ असोज, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले राजीनामा दिने चेतावनी नदिएको प्रष्ट पारेका छन् ।

सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न सञ्चारमाध्यममा आफूले राजीनामा दिने चेतावनी दिएकोसम्बन्धी समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत भएको सुरक्षा बैठकमा यस्तो विषयमा कुनै कुरा आईजीपी खापुङले नगरेको जनाइएको छ ।

‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा सुरक्षा चुनौतीहरूको बारेमा मात्रै विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्रै केन्द्रित भएर छलफल भएको जानकारी विज्ञप्तिमार्फत गराइएको छ ।

‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विभिन्न समाचारहरूमा आइजीपी खापुङले पद छाड्ने चेतावनी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?