News Summary
Generated by OK AI. Editorially reviewed.- इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम सिनियर र जुनियरको जर्सी प्रायोजन गर्ने दुई वर्षको सम्झौता गरेको छ।
- नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका भक्तिराम घिमिरेले वार्षिक २० लाख रुपैयाँको प्रायोजन सम्झौता हस्ताक्षर गरेका छन्।
- सम्झौताअनुसार वर्षको उत्कृष्ट खेलाडीलाई पनि १ लाख रुपैयाँ पुरस्कार दिइनेछ र महिला टोलीका लागि दुई नयाँ जर्सी सार्वजनिक गरिएको छ।
२४ असोज, काठमाडौं । इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम (सिनियर र जुनियर)को जर्सी प्रायोजन गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जर्सी स्पोनसरसम्बन्धी नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट भक्तिराम घिमिरेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार इम्पेरियल सेक्युरिटीजले नेपाली राष६रिय महिला भलिबल टिम सिनियर र जुनियर दुवैले लगाउने जर्सीमा प्रायोजन गर्नेछ ।
वार्षिक २० लाखको प्रायोजन सम्झौता अवधि दुई वर्षको लागि छ । २ वर्षका लागि ४० लाख रुपैयाँको प्रायोजन सम्झौता भएको छ ।
यस्तै वर्षको उत्कृष्ट खेलाडीलाई पनि १ लाख रुपैयाँ इम्पेरियल सेक्युरिटिजले दिनेछ ।
नेपाल भलिबल संघले यसअघि राष्ट्रिय महिला भलिबल टिम सिनियरको लागि मात्र जर्सी स्पोनर गर्न आह्वान गरेको थियो ।
कार्यक्रममा महिला टोलीले लगाउने सेतो र निलो रङको दुई नयाँ जर्सी समेत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया 4