+
+
Shares

गोदावरीको ‘हिट एण्ड रन’मा मिलापत्रबाट उन्मुक्ति भएकोमा गृहमन्त्रालयको चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते ९:१४

२५ असोज, काठमाडौं । गृह मन्त्रालयले गत महिना ललितपुरको हरिसिद्धिमा भएको ‘हिट एण्ड रन’को घटना संलग्नहरुलाई मिलापत्रबाट उन्मुक्ति दिइएको थाह पाएपछि गम्भीर चासो व्यक्त गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसरका प्रमुख लगायतलाई घटनावारे चासो व्यक्त गर्दै थप अनुसन्धानका लागि निर्देशन दिएका हुन् ।

घटनापछि कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र उनका चालकले ठक्करबाट घाइते बालिकाको उपचार गरिदिने भनी कागज गरेका थिए । त्यसैका आधारमा प्रहरीले मिलापत्र गरेको भनी उनीहरुमाथि उन्मुक्ति दिएको थियो ।

‘उपचारको विषयमा मिलापत्र होला, तर जेब्रा क्रसिङमा बालिकालाई ठक्कर दिएको र त्यसपछि कुनै जिम्मेवारी पुरा नगरी भागेको घटना पनि मिलापत्रको विषय बन्छ र ?’ गृहमन्त्रालयको चासो उदृत गर्दै स्रोतले भन्यो, ‘जे भएको हो, त्यसको वस्तुपरक अनुसन्धान होस् । कसैले पनि पदमा रहेका कारण उन्मुक्ति पाउने अवस्था नहोस् भनेर निर्देशन भएको छ ।’

एमालेको विधान महाधिवेशनमा जाने क्रममा कोशी प्रदेशका आर्थिक मामिलामन्त्री मगर चढेको गाडीले २१ भदौमा हरिसिद्धिमा बाटो काटिरहेकी बालिका उषा सुनार मगरलाई ठक्कर दिएको थियो । सडकमा लडेकी बालिकालाई उद्धार नगरी गाडी भागेको थियो ।

घटना सार्वजनिक भएपछि त्यसको चातर्फी आलोचना भएको थियो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिबेला बालिकाको उपचार खर्च पार्टीले बेहोरिदिने कुरा भएको भन्दै सामान्य घटनालाई नउचाल्न र राजनीतिकरण नगर्न चेतावनी दिएका थिए, उनको अभिव्यक्तिको पनि चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?