
२५ असोज, काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको टोलीसँग छलफल गर्दैछन् । छलफलका लागि उनीहरुलाई बिहान १० बजे राष्ट्रपति कार्यालय बोलाइएको छ ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीको टोलीसँग छलफल गर्न लागेका हुन् । छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या बढेको छ ।
एक जेनजी अगुवाका अुनसार हालसम्म बैठकमा सहभागी हुनेको संख्या २२ पुगेको छ । आजको बैठकमा जेनजीका मागका सम्बन्धमा छलफल हुनेछ ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4