
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीमा युवामैत्री कांग्रेस निर्माण गर्न ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न धर्ना दिएको छ।
- नेविसंघका सदस्यहरूले पार्टी विधान संशोधन गरी सबै तहका पदहरूमा कम्तिमा ४० प्रतिशत युवालाई अघि बढाउन माग गरेका छन्।
- नेता आकाश उप्रेतीले युवामैत्री कांग्रेस निर्माणका लागि आगामी केन्द्रीय समितिको बैठकले निर्णय गर्न सुझाव दिएका छन्।
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री कांग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरूले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरूले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन मान्य हुँदैन लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
त्यस्तै, कांग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशील विधान संशोधन अनि मात्र अधिवेशन, कि सरकार कि पार्टी, एक व्यक्ति एक पद लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू पनि कांग्रेस मुख्यालय पुगेका छन् ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरूले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भूमिकाबाट पार्टीसम्म आफूहरूको धारणा पुगोस् भनेर धर्ना दिएको बताए ।
उनले पार्टीमा युवाहरूको क्रियाशील सदस्यहरूको संख्या ३० प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरे । पार्टीमा युवाहरूको प्रवेश सहज नबनाई युवा शब्दको सार्थकता दिन नसक्ने बताए ।
युवामैत्री, चलायमान युवा संगठनका लागि विधान संशोधन अनिवार्य रहेको नेता उप्रेतीलेब बताए ।
सबै तहका निर्वाचनहरूमा कम्तिमा ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक रूपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग राखेका छन् ।
नेता उप्रेतीले जेनजी आन्दोलनपश्चात नेपाली कांग्रेसले आम युवाको विचारलाई पार्टी संगठनमा अटाउने, आम युवाको लागि कांग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने बताए ।
उनले युवामैत्री कांग्रेस निर्माण गर्न आगामी केन्द्रीय समितिको बैठकले निर्णय गरेर अघि बढ्न सुझाव दिए ।
विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधिमूलक पदहरू, सबै तहका समिति, संसदीय समिति, पार्टीको विभागमा अनिवार्य रूपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया 4