
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सुरु गर्ने भएको छ।
- न्युनतम १० करोडदेखि बढीमा ५ करोडले भाग पाउने गरी निक्षेप रकम बाँडफाँड राष्ट्र बैंकले ब्याजदर अनुसार गर्ने जनाएको छ।
२६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ ।
निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीबाट ब्याजदर बोलकबोल हुनेछ ।
न्युनतम १० करोड र बढीमा ५ करोडले भाग जाने ५० अर्बसम्म बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटामा आधारित भई बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4