+
+
Shares

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २१:१५

२६ असोज, काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् ।

विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो ।

सो क्रममा उनको कार्यकक्षबाट सो रकम र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?