+
+
Shares

उदयपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु

नगर अस्पतालमा छैन सर्पदंशको प्रभावकारी उपचार सेवा

इलाका प्रहरी कार्यालय बेल्टरका प्रहरी निरीक्षक बबिन राईले सर्पको टोकाइबाट चौदन्डीगढी नगरपालिका–७ प्रगति टोल बस्ने ७५ वर्षीया भगवती बञ्जराको मृत्यु भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १५:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको चौदन्डीगढी-७ मा सर्पको टोकाइबाट ७५ वर्षीया भगवती बञ्जराको मृत्यु भएको छ।
  • उनी साउन २५ गते आँगनमा फोहोर सफाइ गर्दा सर्पले दाँहिने हातको औंलामा टोकेको थियो।
  • नगर अस्पतालमा सर्पदंशको उपचार दरबन्दी नभएकाले उनलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा मृत्यु भएको हो।

२७ असोज, उदयपुर। उदयपुरको चौदन्डीगढी- ७मा सर्पको टोकाइबाट एकजना वृद्धाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टरका प्रहरी निरीक्षक बबिन राईले सर्पको टोकाइबाट चौदन्डीगढी नगरपालिका–७ प्रगति टोल बस्ने ७५ वर्षीया भगवती बञ्जराको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार गत साउन २५ गते बेलुका ५ बजे आँगनमा फोहोर सफाइ गर्ने क्रममा ती वृद्धालाई सर्पले दाँहिने हातको औंलामा टोकेको थियो। उनलाई उपचारका लागि सुरूमा चौदण्डीगढीस्थित नगर अस्पतालमा लगिए पनि त्यहाँ उपचार हुन नसकेको उनको भनाइ छ।

‘नगर अस्पतालले उपचार गर्न नसकेपछि गाइघाटस्थित भुल्केस्थित आर्मी क्याम्प, आर्मी क्याम्पले नसकेपछि त्यहाँबाट पनि जिल्ला अस्पताल र जिल्ला अस्पतालले आईसीयूमा राख्‍नुपर्छ भनेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो,’ उनले भने, ‘धरान लैजाँदा धेरै ढिला भइसकेको थियो। धरानमा उपचारको क्रममा आइतबार साँझ उहाँको मृत्‍यु भएको छ।’

नगर अस्पतालमा छैन सर्पदंशको उपचार गर्ने दरबन्दी

चौदन्डीगढी नगरपालिकामा यसअघि सर्पदंशको प्राथमिक उपचार गर्दै आएपनि दरबन्दी भने नरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पताल स्रोतले भन्यो, ‘पहिला नगर अस्पतालमा सर्प दंशको प्राथमिक उपचार गरिन्थ्यो। सुरूमा आर्मीहरूले आएर गर्नुहुन्थ्यो। अहिले त यहाँ दरबन्दी नै छैन। प्राथमिक उपचार मात्रै हुन्छ। त्यसपछि हामीले गाइघाटस्थित आर्मी क्याम्प भुल्के पठाइदिन्छौं।’

नगर अस्पतालमा सर्पदंशको उपचार नभएपछि यहाँका नागरिकहरूको ज्यान जोखिममा रहेको स्थानीयहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?