+
+
Shares

मदनले तोडे अनसन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते ११:३३

काठमाडौं । अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बसेका अछामका मदन बुढाले आज अनसन तोडेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन् । मन्त्री अर्यालले मदनलाई पानी खुवाउँदै अनसन तोडाए ।

गत शुक्रबारदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका मदनको स्वास्थ्य बिग्रिएपछि मंगलबार बीर अस्पताल भर्ना गरिएको थियो । तर उनी अस्पताल नबस्ने भन्दै पुन: माइतीघर मण्डलामै आएका थिए ।

उनले अहिलेको अन्तरिम सरकारमा सुदूरपश्चिमको अनिवार्य प्रतिनिधि हुनुपर्ने, जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यलाई र घइतेहरुलाई तत्काल रोजगारीको व्यवस्था गर्नुपर्ने, आन्दोलनका क्रममा ताकी–ताकी गोली प्रहार गर्ने र तत्कालीन सरकारको जिम्मेवारीमा रहेकाहरुलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका थिए ।

मदनको अनसन तोडाउँदै गृहमन्त्री अर्यालले सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने जस्तो गर्नेहरुमाथि मौलिक तरिकाको ‘उपचार’ गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?