+
+
Shares

देउवाले नियमित वा विशेष महाधिवेशनबारे खोलेनन् मुख

पार्टीको विधानको व्यवस्था र आफ्नो इच्छा अनुसार नेतृत्व हस्तान्तरण गर्ने देउवाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १४:५८

२८ असोज, काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन कुटपिटमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक देखिएका छन् ।

पत्नी आरजु राणालाई लिएर सँगसँगै केन्द्रीय कार्यालय देउवा प्रवेश गरेका थिए । पार्टीभित्र नेतृत्व परिवर्तनका लागि व्यापक बहस चलिरहेका बेला देउवाले केन्द्रीय समितिमा बोल्ने क्रममा विशेष वा नियमित महाधिवेशनको प्रसंग उठाएनन् ।

मंसिरमा नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन हुनुपर्ने मागसहित हस्ताक्षर अभियान पार्टीमा चलिरहेको छ । तर, देउवाले तत्काल महाधिवशेन गर्ने संकेत गरेनन् ।

१५ औं महाधिवशेनबाट नेतृत्व परिवर्तनको सवाल उठेको उल्लेख गर्दै देउवाले केन्द्रीय समितिमा भने, ‘घरमा सधैं एकै जना मूली रहँदैन ।’

पार्टीको विधानको व्यवस्था र आफ्नो इच्छा अनुसार नेतृत्व हस्तान्तरण गर्ने देउवाले बताए ।

तर, महाधिवशेन कहिले गर्ने बारे केही बोलेनन् । देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे समयावधि यही मंसिरमा सकिँदैछ । विधान अनुसार एक वर्ष थपिने प्रावधान छ ।

विधानमा भएको एक वर्ष थपिने प्रावधानलाई संकेत गर्दै देउवाले ‘हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५ औं महाधिवशेनबाट पार्टी नेतृत्व विधिवत हस्तान्तण गर्छु’ भनेका छन् ।

१५ औं महाधिवशेनमा आफू बाहेकको व्यक्ति सभापति हुने बताए ।

देउवाले महाधिवशेनको तिथिमिति बारे केही नबोलेपनि कार्यवाहक सभापतिको भूमिका उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?